पूर्वाञ्चल खबर
विराटनगर १३ का ३० वर्षीय दिनेश भट्टराईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार दुबै जना घुम्न भनेर आज विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्टराईले आफूसंग रहेको धारिलो हतियार दाउ प्रहार गरेर प्रेमीकाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
हत्या गरेर शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिएपछि प्रहरीको जिम्मा लगाएका छन् । नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफूसंग रहेको छुरा निकालेर प्रहार समेत गर्न खोजेको र त्यस क्रममा छुराले भट्टराईको हात समेत काटेको एसपी केसीले बताए ।
पक्राउ गरिएका भट्टराईलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जना प्रेमी प्रेमीका भएको पत्ता लागेको छ । प्रहरीका अनुसार युवती एक सातापछि अष्ट्रेलिया जाने तयारीमा थिइन ।