RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन तस्करी प्रकरण : जिल्लाको सदर गर्ने आदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७५, बिहीबार २०:२९
3
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी र उर्लाबारी सनम शाक्या हत्या प्रकरणमा मद्दामा तीन जना अभियुक्तलाई यसअघि जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई सदर गरेको छ ।

पुर्पक्षको लागि थुनामा रहेका पुन्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङे र राजन कुमारलाई उच्च अदालत विराटनगरले आज जिल्लाको आदेशलाई सदर गरेको हो ।

सुन तस्करी प्रकरणमा मुद्दामा थुनामा रहेका ३० जना बन्दीहरुले जिल्ला अदालतको आदेश चित्त नबुझेपछि मुलुकी ऐनको अदालती बन्दोवस्तीको १७ नम्बर गरेका थिए । जसमा बुधबार उच्च अदालतमा दुई वटा इजालमा छुटाछुटै बहस भएको थियो ।

उच्च अदालतको मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्याधीश उमेश कुमार सिंहको संयुक्त १ नम्बर इजासले लामा र तोलाङेलाइ जिल्लाको आदेश सदर गरेका गरे । त्यस्तै २ नम्बर इजालमा न्यायाधीशद्धोय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजालसले राजन कुमारको हकमा पनि जिल्लाको आदेश सदर गर्ने आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर