AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल विजनेस कलेजद्धारा ३५० भन्दा बढी नयाँ विद्यार्थीलाई भव्य स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०८२, आईतवार १४:२८
846
Shares
विराटनगर / विराटनगर–११ स्थित नेपाल विजनेस कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई एक समारोहबीच स्वागत गरेको छ।

आज आयोजित विशेष कार्यक्रममा कलेजका विभिन्न संकायमा भर्ना भएका ३५० भन्दा बढी विद्यार्थीहरूलाई स्वागत गरिएको हो।

कलेजमा अध्ययनरत पुराना विद्यार्थीहरूले एमबीए, बीबीए, बिआइटी र बीएचएम तहका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि एवं कलेजका संस्थापक अध्यक्ष भेषप्रसाद धमलाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सीपमूलक व्यावहारिक ज्ञान प्रदान गर्न कलेज सधैं तत्पर रहेको बताए ।

स्वागत कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै विभिन्न नृत्य, गायन र फेसन सो प्रदर्शन गरेका थिए। यी सम्पूर्ण गतिविधिहरू विद्यार्थीहरू स्वयंले व्यवस्थापन र आयोजना गरेका हुन्। कलेजका निर्देशक दीपक कोइरालाका अनुसार विद्यार्थीहरूको नेतृत्व क्षमता विकासका लागि कलेजले यसअघि पनि ‘मेगा इभेन्ट’ हरूमा सहजीकरण मात्र गर्ने गरेको छ। ‘सातौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गर्नुपर्ने हुन्छ र यसको मूल्यांकन उनीहरूको शैक्षिक अंकसँग पनि जोडिएको हुन्छ,’ निर्देशक कोइरालाले भने ।

सन् २०१४ देखि सञ्चालनमा आएको यस कलेजबाट हालसम्म ३०० भन्दा बढी विद्यार्थीहरू उत्तीर्ण (ग्य्राजुएट) भइसकेका छन्। हाल एमबीए तहमा नवौँ ब्याचका विद्यार्थीहरू अध्ययनरत छन्। कलेजका अनुसार यहाँबाट उत्तीर्ण भएकामध्ये ७० प्रतिशत विद्यार्थीहरूले स्वदेशमै रोजगारी प्राप्त गरेका छन् भने केही विद्यार्थीहरू उच्च शिक्षाका लागि वैदेशिक रोजगारी र अध्ययनमा गएका छन्।

पढाइसँगै अतिरिक्त क्रियाकलाप र सीप विकासलाई प्राथमिकता दिँदै आएको यस कलेजले विराटनगरमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर