RUMPUM
animated ellipse animated ellipse

कांग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०७५, सोमबार १९:५९
3
Shares
फाइल तस्वीर
विराटनगर / नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर १ को सचेतकमा सांसद सुयर्माराज राई नियुक्त भएका छन् ।

प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा नियुक्त गरेका हुन् । राईले नेविसंघबाट राजनीति सुरु गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । राईले प्रदेश संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

“पार्टीको निर्देशन र निर्णयअनुसार संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दछु,” राईले भने, “यो नियुक्तिलाई ठूलो अवसरका रुपमा पनि लिएको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर