animated ellipse animated ellipse

लागूऔषधसहित होटल सञ्चालक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ आश्विन २०७८, आईतवार १७:३७
1.26k
Shares
विराटनगर/ विराटनगरदेखि होटल सञ्चालकसहित एक जना लागूऔषधको कारोबारी पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर महानगरपालिका १५ स्थित सायरा होटल सञ्चालक जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका साहले होटलमा लागूऔषध ल्याएर कारोबार गर्ने गरेको पाइएको छ । अवैध लागूऔषको कारोबार भइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । साहको होटल सीमा नजिक पर्दछ । खुल्ला सीमाको फाइदा उठाउँदै उनले भारतदेखि अवैध लागूऔषध मगाउने र कारोबारी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँचको क्रममा होटलबाट लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पाम प्रोभोक्सन २४ चक्की, र गाँजा २४० ग्राम बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । केही दिन अगाडी पनि इलाका प्रहरी कार्यालय बेलबारीले होटल संचालक सहित गाँजाको कारोबारी गर्नेलाई पक्राउ गरेको थियो । उल्लेखित दुई घटनाले होटलहरुमा लागूऔषधको कारोबारी हुने गरेको पुष्टि गर्दछ ।

त्यस्तै इप्रका बेलबारीले मोरङ केराबारी गाउँपालिका ७ डागी स्थितबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् । प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर