पूर्वाञ्चल खबर
विगत दुई वर्षदेखि प्रतिष्ठानले मासिक रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । शुक्रबार भएको कार्यक्रममा कवि भरत गुरागाईं, शुभलक्ष्मी लम्साल, हरि बराल, मनोज मुस्किल, ओम आचार्य, हरि कट्टेल, शिवनाराण पण्डित, रमेशचन्द्र अधिकारी, वेदराज पौडेल र जीवन काफ्लेले कविता वाचन गरेका थिए ।
मकालु टेलिभिजनको सभाहलमा भएको कार्यक्रममा १० जनाले आफ्नो २–२ वटा कविता प्रस्तुत गरे । प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईंको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ साहित्यकार दधिराज सुवेदी, राष्ट्रिय सभाका साँसद तथा प्राज्ञ खेम नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।