संजिवनी अस्पतालको निच काम

खबर पूर्वाञ्चल, २७ असार २०७५, बुधबार ०७:३६

विराटनगर / विराटनगरमा रहेको संजिवनी हस्पिटलका व्यवस्थापकले चिकित्सकलाई जबर्जस्ती उपचार गराउन दबाब दिने गरेको रहस्य सार्वजनिक भएको ।आजको जनविद्रोह दैनिकले सम्पादकीय लेखेको छ ।

चिकित्सकले नसक्ने र अस्पतालमा उपचारका लागि आवश्यक प्रविधि उपलब्ध नभएको भएपनि त्यसखालका बिरामीलाई रेफर गर्न अस्पताल व्यवस्थापकले नदिने गरेको खुलेको हो । यसले अस्पताल सेवामुखी भन्दा पनि नाफामुखी भएर जथाभावि बिरामीलाई जतिसक्दो ‘डाम्ने’ गरेको पाइएको छ । ।

संजीवनी अस्पतालका डाक्टर आलोक रायले आफूले उपचार गर्न नसक्ने बिरामीलाई विपी प्रतिष्ठान रेफर गरेवापत जागरिबाट हात धुनुपर्ने अवस्था सिर्जना भयो । त्यति मात्रै होइन अस्पतालले उनलाई बिरामी रेफर गर्दा अस्पतालको आम्दानी ५० हजार गुमेको भन्दै सोही बराबरको रकम जरिमाना पनि गराइयो ।

अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. आलोकलाई हस्पिटलका नयाँ आएका व्यवस्थापकले मर्यादा विपरित उपचार गराउन दबाब दिएका थिए । डा. रायका अनुसार गम्भिर केशमा असार १९ गते बेलुका ११ बजे हस्पिटलमा भर्ना भएकी वर्ष ४७ को रुरु माया मुगनको कलेजो बिग्रिए किड्नीमा असर गरेको थियो । यसको उपचार धरानमा मात्र हुन्थ्यो, संजीवनी अस्पतालमा उपचार सम्भवन नभएपछि रिफर गर्दा ५० हजार रुपैयाँ जरिवना गरि अस्पताल व्यवस्थापनले २० असारमा डाक्टर रायलाई जागिरबाट हटायो ।

यसले नीजि अस्पतालले बिरामीलाई गर्ने गरेको गलत सौदाबाजी प्रष्ट भएको छ । रोगको सही उपचार गराउन आउने बिरामीलाई नसके पनि सोही अस्पतालमा जबर्जस्ती उपचार गराउन खोज्नु महाअपराध हो । आम्दानीको लोभमा परेर यसरी जबर्जस्ती उपचार गराउँदा एकातिर बिरामीको रोगको निदान हुन सक्दैन भने अर्कोतिर मानिसको जीवन माथिको खेलवाड पनि हो ।

यो घटनाले अस्पतालले बिरामीलाई निको पार्नुको सट्टा आम्दानीको लोभमा थप बिरामी बनाएर २/४ दिन नराख्ला भन्न सकिएन । यो अस्पतालले गरेको ठूलो अमानवीय कार्य हो ।

सरकार र सम्बन्धीत निकायले संजीवनी अस्पतालको विषयमा बाहिर आएको समाचारको विषयमा खोजी र अनुसन्धान गरी कारबाही गर्नु आवश्यक छ । यो विषय एउटा व्यवस्थापक, एउटा डाक्टर र एउटा बिरामीको मात्रै होइन । यो विषय संजिवीन हस्पिटलका व्यवस्थापक, संचालकसमिति पनि जिम्मेवार छ । सबैलाई कानूनी कठघरामा उभ्याएर सत्यतथ्य सार्वजनिक गर्दै दण्डित गर्नु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५