पूर्वाञ्चल खबर
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित एक क्रिश्चियन शैक्षिक संस्थाबाट आज उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सुन्दरहरैँचा–७, मालती मार्गमा रहेको ‘नेपाल न्यू कोभेनन्ट कलेज’मा आयोजित धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भइरहेका बेला उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका कोरियन नागरिकहरू गत असोज २० र २१ गते काठमाडौँ हुँदै विराटनगर आइपुगेका थिए। उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिका रहेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले पर्यटक भिसाको दुरुपयोग गरी धर्म प्रचारमा संलग्न भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न भएको पाइयो,’ एसपी कटवालले भने, ‘नेपालको कानुनअनुसार एउटा उद्देश्य ९पर्यटन० लिएर आएर अर्को गतिविधि गर्न पाइँदैन।’
‘लभ नेपाल मिसन’को सहयोगमा सञ्चालित उक्त कलेजमा क्रिश्चियन धर्मशास्त्रसम्बन्धी अध्ययन–अध्यापन हुँदै आएको प्रहरीले जनाएको छ। पक्राउ परेका २४ जना कोरियन नागरिकलाई नै थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभागको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।