RUMPUM
animated ellipse animated ellipse

लागु औषध र मदिरा नियन्त्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७५, शुक्रबार १८:१३
3
Shares
विराटनगर / विहिबार वडा प्रहरी कार्यालय विराटनगर (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका ८ का बिभिन्न होटल पसलहरुमा चेकजाच गर्दा अन्दाजी ६० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

प्रहरीले घरेलु मदिरासँगै सोफि ब्रान्डको रक्सि २ काटुन बरामद गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ । त्यस्तै शुक्रबार वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर १२ रोडशेषबाट सुनसरी धरान उमनपा १५ बस्ने ३२ बर्षको सनम तामाङ र अमित राईलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट डाईजेल्याब ३० एम्पुल, नेरोजेसिक ३० एम्पुल तथा एभिल ३० एम्पुल सहित नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर