७ गोल भएको खेलमा अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश

खबर पूर्वाञ्चल, १६ असार २०७५, शनिबार २१:४५

विराटनगर / फ्रान्सका एम्बाप्पेको दुई गोलको मदतमा उपाधिको बलियो दाबेदार दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स रसयिामा जारी विश्वकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

आज भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । अब फ्रान्सले अन्तिम आठमा पोर्चुगल र उरुग्वे मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

फ्रान्सलाई जिताउन केलियन एम्बापेले २ गोल तथा एन्टोनी ग्रिजम्यान र बेन्जामिन पाभार्डले १–१ गोल गरे । अर्जे्न्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए ।

खेलको १३ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । ४१ औं मिनेटमा अर्जेन्टिनाका एभर वेनेगाले दिएको पासमा डि मारियाले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । अर्जेन्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए। तर त्यो अग्रता धेरैबेर कायम रहेन । ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे । उनी खेलको म्यान अफ द म्याच बने । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५