AArya
RUMPUM
animated ellipse animated ellipse

फेयर प्ले को सहयोगमा जापान नकआउट चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७५, बिहीबार २२:१७
3
Shares
विराटनगर / जापान रसियामा जारी विश्वकप फुटबल–२०१८ को नकआउट चरणमा प्रवेश गरेको छ ।

आज भएको खेलमा जापालले पोल्याण्डसँग १–० को गोल अन्तरले पराजित भएपनि फेयर प्ले को सहयोगमा जापान नकआउट चरणमा पुगेको हो ।

जापान र सेनेगलको समान अंक र गोल बराबर भए पछी सेनेगललाई फेयर प्ले मा पछि पार्दै जापान नकआउट चरणमा प्रवेश गरेको हो ।

विश्व फुटबलमा बिरलै हुने यस्तो निर्णयमा जापान भाग्यमानी सावित भयो । जापान र सेनेगलको विजयी खेल र अंक बराबर भएपछि फेयरप्लेबाट निर्णय लिइएको हो ।

यता कोलम्बियाले अन्तिम खेलमा सेनेगललाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । कोलम्बिायका लागि मिनाले ७४ मिनेटमा गोल गरे ।

समूहमा कोलम्बियाले ६ अंक जोड्दै समूह विजेता बन्यो भने जापान समूह उपविजेता बन्यो । जापान र सेनेगलले ४–४ अंक जोडे । दुवै टिमको गोलअन्तर पनि समान थियो । तर जापानले कम पहेँलो कार्ड पाएका कारण सेनेगललाई पछि पार्न सफल भयो । योसँगै नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर