पूर्वाञ्चल खबर
मोरङ प्रहरीको विशेष टोली र इलाका प्रहरी कार्यालय उर्लाबारीले संयुक्त रुपमा शान्ती राईलाई जर्वजस्ती करणी गरी हत्या गर्ने मिक्लाजुङ गाउँपालिका ७ का ३० वर्षिय हिकबहादुर बस्नेतलाई आज पक्राउ गरेको हो । हत्या गरेको आरोपमा पक्राउ परेका बस्नेतलाई सोही दिन मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । गत चैत १९ गते कमल बहोराको घरमा बसेको चिन्तामा शान्तीले जोखना हेरी घर जाने क्रममा ग्यांग्री खोलामा उनको विर्भत्स तरीकाले हत्या भएको थियो ।