RUMPUM
animated ellipse animated ellipse

क्रोएसियासँग अर्जेन्टिनाको लज्जास्पद हार, समूह चरणबाटै बाहिरिने खतरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ असार २०७५, शुक्रबार ०६:४१
3
Shares
विराटनगर / नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपको समूह ’डी’ को खेलमा क्रोएसियासँग ३–० गोलले पराजित भएसँगै दुई पटकको विश्वकविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ ।

जीतसँगै क्रोएशिया ६ अंकका साथ दोस्रो चरण प्रवेश गरेको छ । क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जेन्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको थियो ।
अब अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल नाइजेरियासँग खेल्ने छ भने क्रोएशियाले आइसल्याण्डसँग खेल्ने छ ।

समूह ’डी’ मा नाइजेरिया र आइसल्याण्डबीच शुक्रबार हुने खेलमा आइसल्याण्ड विजयी भए साविक उपविजेता अर्जेन्टिना विश्वकपबाट बाहिरिनेछ भने नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना जिवित रहने छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको खेलको ५३ औं मिनेटमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए । गोल खाएपश्चात अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफलता हात पार्न सकेन ।

खेलमा फर्कन संघर्षरत अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को झट्का बेहोर्न बाध्य भयो । क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे । २–० को गोलले दबाबमा परेको अर्जेन्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशियाका गोल इभान राकिटिचले गोल गर्दै जीतलाई ३–० ले फराकिलो बनाइदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर