AArya
RUMPUM
animated ellipse animated ellipse

शरीर भरी मौरी राखेर हिड्छन् सुर्य ( भिडियो सहित)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७५, शनिबार २१:२५
3
Shares
पोखरा । पोखराका सूर्यप्रसाद लामिछानेले शरीर भरी मौरी राखेर हिडेपछि स्थानीय छक्क परेका छन् ।

लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउँछन् ।

दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उनको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका हुन् । उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन् । एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ ।

अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसकेका छन् । लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने पनि गरेका छन् यसले उनलाई मौरीसंग अझ निकट बनेको समेत बताउँछन् हेर्नुहोस उनको यो अनौठो लाग्ने भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर