खबर पूर्वाञ्चल
महानगर पालिकामा एक लाख ३३ हजार एक सय ४२ मतदाता रहेकामा ८९ हजार आठ सय ९६ मत खसेको निर्वाचन अधिकृतले जनाएको छ । अहिले यहाँ मतपेटिका सङ्कलन जारी छ ।
मतदान केन्द्रबाट आएका मतपेटिका सङ्कलनपछि सर्वदलीय छलफल बस्ने छ ।
छलफलपछि मतगणनाको समय तोकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । अहिले पनि विराटनगरको हाटखोला, पुसेट कलेज , विराटनगर–६ मा रहेको शिक्षा सदनमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।
तपाईको प्रतिक्रिया