AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आज हुने नगर प्याब्सनको अधिवेशनको चुनावी मैदानमा बुढाथोकी र अधिकारी भिड्दै, कस्ले बाजी मार्ला अध्यक्ष ?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७८, बिहीबार ०७:५६
1.53k
Shares
विराटनगर / विराटनगरमा आज दिउँसोे प्याब्सन नगर कार्यसमिति विराटनगरको दोस्रो अधिवेशन हुदैछन् यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसअघि पनि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको नगर प्याब्सनमा यसपटक पनि निर्वाचन हुने देखिएको छ । अध्यक्षमा आकंक्षी बढदा प्याब्सन नगर कार्यसमितिको निर्वाचन हुने देखिएको हो । अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ । अध्यक्षमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । बर्तमान उपाध्यक्ष मोहन बुढाथोकी र कोषाध्यक्ष शिव अधिकारीले उम्मेदवारी घोषण गरेका हुन् ।

बुढाथोकी विराटनगरस्थित मदरल्याण्ड एकाडेमीका प्रिन्सिपल पनि हुन भने अधिकारी नमूना विद्यालयका प्रन्सिपल हुन् । यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा भएको सचिब अर्जुन श्रेष्ठ उपाध्यक्षमा सर्वसम्मत हुने सम्भवना रहेको छ । सो पदमा अहिलेसम्म श्रेष्ठ बाहेक कसैको नाम आएको छैन । सचिबमा वर्तमान कार्यसमिति सदस्य अशोक लामा, कोषाध्यक्षमा वर्तमान सहसचिब नन्दलाल मण्डलको उम्मेदवराी रहेको छ । सचिबमा लामाको मात्र नाम चर्चा रहेको छ भने कोषाध्यक्षमा गोपाल रिजालले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । सह–सचिब सर्वसम्मत हुने देखिएको छ । अहिलेसम्म सह–सचिबमा हीरा थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् । उनी बर्तमान कार्यसमिति सदस्य हुन् ।

विराटनगर नगर प्याब्सनमा ५६ जना निजी विद्यालयले सदस्य रहेको सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।

यस्ता छन् चुनावी एजेण्डा

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका मोहन बुढाथोकीले निजी विद्यालयहरूको एकता र सहकार्यमा हाम्रो प्रथामिकता रहने बताएका छन् । पेशागत हकहित र प्रवद्र्धनमा आफु क्रियाशिल भएर लागि पर्ने उनले बताए । ‘निजी विद्यालयहरूको हकहित र प्रवद्र्धनमा आफु सधैभरी लागि पर्नेछु,’ प्याब्सन नगरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बुढाथोकीले भने, ‘प्याब्सनमा असान्मत हुनु हुदैन भन्ने मेरो मान्यता हो । प्याब्सनको सामान्तमा जोड दिनेछु ।’ उनले शिक्षा नीतिमा सुधार गर्दै सम्पूर्ण सदस्य विद्यालयहरुको सेवामा सधैभरी सर्मपित भएर लागि पर्ने बताए । ‘आफुलाई प्याब्सन अध्यक्ष पदको लागि प्रस्तुत गर्दै गर्दा यसको स्थापना र निरन्तरताका लागि समर्पित रहेनछु,’ उनले भने, ‘निजी विद्यालयहरुलाई सबल र सक्षम बनाउन आफु सधैभरी भूमिका खेल्नेछु । यहाँहरुको साथ, सहयोग, सुझाव एवम् समर्थन सदैव प्राप्त हुने कुरामा विश्वस्त रहदै आफ्नो भूमिकालाई सशक्त बनाएर अगाडी लैजानुछ ।’

यसैगरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शिव अधिकारीले निजी विद्यालयहरुको समस्या अन्त्य गरिन आफु सधैभरी लागि पर्ने बताएका छन् । ‘अहिले निजी विद्यालयहरूको कर स्थानिय सरकारले चर्को लिने गरेको छ । यसको सुधारको पक्षमा आफु क्रियाशिल भएर लागि पर्नेछु ।’ उनले शिक्षकहरूलाई समय सापेक्ष ट्रेनिङको व्यवस्था गरेर निजी विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा आफु लागि पर्ने उनले बताए । ‘अहिले पनि विराटनगर महानगरपाकिाले निजी विद्यालयहरुसँग मनपरी कर लिने गरेको छ । यसलाई समयसापेक्ष बनाउदै लैजान आफु प्रयत्नशिल भएर लागि पर्नेछु ।’ आफु निजी विद्यालयहरुको हकहितमा लागि परेर अगाडी बढने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर