जनतालाई घरमा थुनेर विराटनगरका उद्योगीलाई सुटुक्क कोरोनाविरुद्ध कोभिसिल्डको दोस्रो डोज, स्थानीयको अवरोधपछि भागाभाग

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७८, शुक्रबार १९:२६

विराटनगर / जनतालाई घरमा थुनेर प्रदेश १ सरकारले विराटनगरका उद्योगीलाई सुटुक्क कोरोनाविरुद्ध कोभिसिल्डको दोस्रो डोज दिन लाग्दा स्थानीयवासीले अवरोध र्पुयाएका छन् ।

सार्वजनिक सुचना विना विराटनगरमा पहुँच पुगेका व्यक्ति र उद्योगपतिहरुलाई गोप्य रुपमा कोरोना विरुद्धको खोप दिएको पाईएपछि स्थानीय आक्रोशित बन्दै अवराध गरेका पुर्याएका हुन् ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको कोभिसिल्डको दोस्रो डोजका लागि उद्योगी व्यावसायी विराटनगर तीनपैनी चोकमा रहेको सिटी सिनेमामा सुटुक्क खोप लगाइरहेको जानकारी पाएपछि स्थानीयले अवरोध गर्दा भागाभाग भएको थियो ।

आज दिउँसो स्थानीयले अवरोध गर्न खोज्दा खोप लगाउन गएका स्वास्थ्यकर्मी र उद्योगीलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको थियो । स्थानीयले अवरोध गरेपश्चात प्रहरी पुगेका थिए ।

जनता मरिरहेको अवस्थामा पहुँचवालालाई सुटुक्क खोप खोजेपछि अवरोध गरेको अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीले बताए । प्रदेश सरकारले लुकाएर पहुँचवालालाई खोप दिन खोजेपछि हामीले अवरोध गर्यौ,’ उनले भने ।

सर्वसाधारण मरिरहँदा सरकारले खोपको व्यापार गरेको छ । ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनरलाई खोप लगाएको भए हामी स्वागत गथ्र्यौं,’ उनले थपे‘ चुनाव घोषणा गर्दै उद्योगीलाई मात्रै खोप दिएकाले अवरोध गरेको हौे ।’

खोपका लागि आएको बा १ झ ९३६५ नम्बरको सरकारी गाडी र कर्मचारीलाई प्रहरीकै स्कर्टिङमा फिर्ता पठाईएको थियो ।

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार आज मुख्यमन्त्री निवासमा उद्योगीलाई खोप लगाउने योजना थियो । तर पछि उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले सिनेमा हल उपलब्ध गराएको श्रोतले जनाएको छ । सिटी सिनेमाको सञ्चालकमध्ये एक प्याकुरेलले खोप लगाएको विषयमा आफूलाई जानकारी नभएको बताउँछन् ।

‘सिटी सिनेमामा भीडभाड थियो भन्ने जानकारी मलाई पनि आयो तर म घरबाट बाहिर निस्किएको छैन,’ उनले भने, ‘उद्योगी व्यावसायीलाई खोप लगाइएको बारे मलाई जानकारी भएन ।’ प्याकुरेलले जानकारी नभएको बताए पनि उद्योग संगठनका सदस्यलाई एक्लै आउनु भन्दै उनले नै सूचना पठाएका थिए । प्याकुरेलको सूचनाका आधारमा कोभिसिल्डको पहिलो डोज लगाएका विराटनगरका उद्योगी सिटी सिनेमा हलमा भेला भएका थिए ।

होहल्ला भएपछि मात्रै खोप लगाइएको बारे प्रहरीलाई जानकारी भएको मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्का बताए । ‘हामीलाई पनि खोपबारे जानकारी थिएन, सूचना आएपछि प्रहरी टोली मद्दतका लागि पुग्यो,’ उनले भने,‘ खोप माग्ने सर्वसाधारणलाई सम्झाइबुझाई पठायौं ।

जनतालाई घरमा थुनेर प्रदेश सरकारले एमालेको ओली गुटलाई मात्रै कोरोनाको खोप लगाएको नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्की बताए ।

‘जनतालाई घरबाट ननिस्कनू भन्छ सरकार, एमालेको ओली गुटकालाई कार्यालयमा बोलाई बोलाई कोरोनाको खोप लगाए,’ उनले भने, ‘यो सरकार जनताप्रति उत्तरदायी छैन। भ्रष्टाचारमा लिप्त भएको प्रमाण पनि हो यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Asmin लेख्नुहुन्छ

    हरेक क्रियाकलापमा आरोप प्रत्यारोप ‌‌। ठुला बडा त सबै राजनीतिज्ञ पार्टीका नजिकका थिए होलान‌। गरिब त जुनै पार्टीको भए पनि आन्दोलन गर्नलाइ मात्र त हुन ।

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५