RUMPUM
animated ellipse animated ellipse

खुल्ला दिशामुक्त क्षेत्र घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०७५, बुधबार १५:२६
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका विभिन्न वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र वनाउने अभियान अन्तरगत वार्ड नम्वर १ लाई आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छन्दता समन्वय समिति विराटनगर महानगर र वडा स्तरीय खानेपानी तथा स्वच्छन्दता समन्वय समितिको आयोजनामा भएको कार्यक्रमका विराटनगर महानगरका मेयर भीम पराजुलीले वार्ड नं १ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे । उनले महानगरका १९ वडाहरु मध्ये १२ वडाहरु खुल्लादिशामुक्त क्षेत्र घोषणा भइसकेको जानकारी दिए । २ हजार ४ सय ४१ घरधुरी भएको वडामा शतप्रतिशत चर्पी स्थानीयले प्रयोग गर्न थालेका छन् ।

मेयर पराजुलीले नागरिकमा मानसिकता परिवर्तन र पूर्ण सरसफाइमा सचेत गराउन पनि खुल्ला दिशामुक्त कार्यक्रम प्रभावकारी वनेको धारणा व्यक्त गरे । उक्त कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की ,वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल,मानगड खानेपानीका सचिव लिला काफ्ले ,विराटनगर महानगर प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधान,वातावरण शाखाकी अनिता कोइराला लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर