पूर्वाञ्चल खबर
त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको घरौटीमा छुटे ।
सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका अधारमा संलग्न देखिएकालाई पुर्वपक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने उदार देखियो ।
न्यायधीश दीपेन्द्र अधिकारीको ईजलासले २०७३ चैत्र ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरुलाई १/१ लाख रुपैयाँ धरौटीमा रिहा गरियो । आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ ।