RUMPUM
animated ellipse animated ellipse

खुला नकआउट भलिवल प्रतियोगिताको उपाधी एपिएफ पकलीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०७५, बिहीबार १९:४९
3
Shares
गोपाल काफ्ले
पथरी मोरङ्गको पथरीशनिश्चरेको ४६ बिघेमा ४६ बिघे यूवा समाज द्वारा आयोजित खुला नकआउट भलिवल प्रतियोगिताको उपाधी एपिएफ पकलीले जितेको छ ।

जेष्ठ ८ गतेबाट शुरु भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा न्यु मार्वल मेनपावर उर्लाबारी र एपिएफ पकली भिडेका थिए। सो खेलमा २३-२५, १५-२५ र १८-२५ को सोझो सेटमा न्यु मार्वल मेनपावर उर्लाबारीलाई स्तब्ध पार्दै एपिएफ पकली बिजयी भएको हो । उपाधी बिजेता पकलीले नगद ५१ हजार र ट्रफी प्राप्त गरेको छ भने उपबिजेतामा सिमित न्यु मार्वल मेनपावर उर्लाबारीले नगद ३१ हजार र ट्रफीमा चित्त बुझाएको छ।

आज सम्पन्न फाइनल खेलमा एपीएफका जीवनकुमार चौधरी म्यान अफ दि फाइनल भाषित भए भने न्यु मार्वल मेनपावर उर्लाबारीका महेन्द्र चौधरी म्यान अफ दि सिरिज भएका छन् ।

१२ टिम सहभागि रहको उक्त प्रतियोगिताबाट संकलन भएको केही रकम पुल निर्माणमा थप गरिने युवा समाजले जनाएको छ । तत्कालिन नगरपालिकाको ५ लाख अनुदानमा निमार्ण गरिएको गाउँको पुल गतबर्षको बाढिले बगाए पछि उत्त पुल निर्माण सहयोगार्थ खेल खेलाइएको जानकारी ४६ बिघे युवा समाजका अध्यक्ष पदमबहादुर तामङ्गले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर