AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वका स्टार खेलाडी रहेको ‘वर्ल्ड ११’ मा परे सन्दीप, लर्डसमा वेष्टइण्डिजविरुद्ध खेल्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७५, बुधबार १७:१०
3
Shares
फाइल तस्वीर
विराटनगर / आइपिएलमा सनसनी मच्चाएका नेपालमा यूवा लेग स्पीनर सन्दीप लामिछानेले अर्काे फड्को मारेका छन्। लामिछाने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् ।

आईसीसी ‘वर्ल्ड ११’ ले मे २१ मा इंगल्याण्डको लर्डसमा टी–२० विश्वकप विजेता वेष्ट इण्डिजविरुद्ध एक टि– २० क्रिकेट खेल खेल्ने । बंगलादेशका अलराउण्डर सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो खेल ऐतिहासिक हुनेछ । किनकी इंगल्याण्डका कप्तान इयान मोर्गानको नेतृत्वमा सन्दिपले खेल्ने छ ।

जसमा भारतका दिनेश कार्थिक र हार्दिक पाण्डेय, पाकिस्तानका साहिद अफ्रिदी र सोयब मल्लिक, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राँची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीहरु समावेश छन्।

गएको वर्ष हुरिक्यान आँधीका कारण वेस्ट इन्डिजको क्यारेबियनमा जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ ।

वेस्ट इन्डिज टोलीमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी–२० को उत्कृष्ट खेलाडीहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर