animated ellipse animated ellipse

सडनडेथमा विर्तामोडलाई पराजित गर्दै बुट्टाबारी फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७९, बुधबार १९:३१
135
Shares
इलाम / विर्तामोड युनाइटेडलाई पराजित गर्दै बुट्टाबारी युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको उपाधि नजिक प्रवेश गरेको छ ।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा सडनडेथ प्रहारमा ३—२ गोल अन्तरले बिजयी बन्दै बुट्टाबारी फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीबाट १—१ गोल भएको थियो । खेलको सुरुवाती अग्रता बुट्टाबारीले बनाएको थियो ।

खेलको ५९ औ मिनेटमा प्रदिप बुढाथोकीले सुरुवाती गोल गरेका थिए । ६४ औ मिनेटमा बिशाल तामाङले पेनाल्टी मार्फत खेल बराबरीमा ल्याए । त्यसपछिको खेलमा दुवै टोलीबाट गोल नभएपनि निर्णयको लागि पेनाल्टी सुटआउट रोजिएको थियो । बुट्टाबारीका निरोज कार्की, प्रदिप बुढाथोकी र विकाश थुलुङले गोल गरे । बिशाल दर्जी, दुर्लभ तिवारी र रोमन भुजेलको प्रहार गोलरक्षक रोशन गुरुङले बचाएका थिए । विर्तामोडका विशाल तामाङ र निशान लामाले गोल गरे ।

कप्तान विक्रम तामाङ र रिजन गुरुङको प्रहार फ्रेममा पर्न सकेन् । दिनेश मुर्मु र सूर्य टुडुको प्रहार गोलरक्षक युवराज पुरीले बचाएका थिए । खेलको म्यान अफ दि म्याच बिजेता टिमका गोलरक्षक युवराज पुरी घोषित भए । फाइनल प्रवेशसंगै बुट्टाबारीले फिक्कल युनाइटेडसंग बैशाख १ गते प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर