AArya
RUMPUM
animated ellipse animated ellipse

अनेमसंघको छ महिने कार्ययोजना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ बैशाख २०७५, शनिबार २०:४८
3
Shares
तिलकुमारी शर्मा
पथरी । अखिल नेपाल महिला संघ मोरङको छ महिने कार्ययोजना अगाडि सारेको छ ।
समाजमा बढ्दै गएको महिला हिंसा न्यूनीकरण गर्दै यसलाई अन्त्य गर्न अखिल नेपाल महिला संघ जिल्ला कमिटी मोरङले तीन चरणको अभियान सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा स्थानीय प्रहरी प्रशासनसँग त्यस क्षेत्रमा भएको महिला हिंसाको घटनाको प्रकृतिका बारेमा जानकारी लिने र हिंसा प्रभावित क्षेत्रमा जनप्रतिनिधि लगायत अनेमसंघको टोलीले योजना बनाइ छलफल र अन्तरक्रिया गर्ने कार्य योजनामा उल्लेख गरिएको छ ।

आज मोरङको पथरीमा बसेको बैठकले उक्त कार्ययोजना तयार पारेको हो । त्यसैगरी दोश्रो चरणमा हिंसा प्रभावित क्षेत्रका अभिभावकहरुसँग अन्तरक्रिया गर्ने र तेश्रो चरणमा किशोर किशोरी तथा महिलाहरुकालागि हिंसाबाट बच्ने उपायका बारेमा अन्तरक्रिया गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजनामा प्रदेश सभाका महिला सांसदहरु,अनेमसंघ जिल्ला कमिटीका सवै, क्षेत्रीय समिति, प्रादेशिक समिति,नगरपालिका कमिटी तथा गाउँपालिका कमिटीका अध्यक्षहरू साथै नगरपालिकाका उप मेयर र गाउँपालिकाका उपाध्यक्षहरुका लागि ’’सुचनाको हक’’ सम्बन्धी प्रशिक्षण गर्ने योजनामा उल्लेख छ।

स्थानीय तहमा महिलाको नाममा आएका बजेट तथा योजनाहरु कहाँ कसरी कार्यान्वयन भएका छन् र यसबारे महिला जनप्रतिनिधिहरु कत्तिको सु–सुचित छन् भन्ने सन्दर्भमा अनेमसंघले जिल्ला भरीका स्थानीय तहमा स्थलगत भ्रमण गरी जानकारी लिने पनि कार्ययोजनामा समाबेस गरिएको छ ।

आम नेपाली महिलाहरुलाई अखिल नेपाल महिला संघको मूल धारमा ल्याउन यस बर्ष भित्रमा मोरङ जिल्लामा कम्तिमा १२ हजार सदस्यता बितरण तथा नविकरण गर्ने लगायतका बिषयहरु योजनामा उल्लेख गरेको छ । अनेमसंघ जिल्ला कमिटी मोरङका अध्यक्ष तथा प्रदेश नम्बर १ प्रदेश सदस्य कृष्णा राईको अध्यक्षता तथा अनेमसंघ केन्द्रीय सदस्य, मोरङ इन्चार्ज साथै प्रदेश नम्बर १ प्रदेश सदस्य यशोदा अधिकारीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर