पूर्वाञ्चल खबर
प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै कांग्रेसका सांसद शेखरचन्द्र थापाले बजेटले राजधानीको संरचना निर्माणका लागि बजेट नछ्ट्याएको, आम्दानी काहाँबाट गर्ने भन्ने विषयको पहिचान नगरेको भन्दै आलोचना गरे ।
बजेटमा बामपन्थीको चुनावको घोषणा पत्रअनुसार बजेट विनियोजन गर्ने उल्लेख गरेको भन्दै उनले आलोचना गरे । थापाले समाजवाद उन्मुख बजेट भनिएको भएपनि कनिका छरेजस्तो बजेटले समाजवाद नआउने दाबी गरे ।
विपक्षी दलले उठाएका विषयमा जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अनुदानको बजेट भएको र कानून निर्माण गर्ने क्रममा भएको कारण सबै विषय समेट्न नसकिएको बताए ।
मन्त्री आङ्बोले आगामि दिनमा सांसदहरुले उठाएका विषयलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभामा प्रस्तुत विनियोजित विधेयक माथि भोलि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।