AArya
RUMPUM
animated ellipse animated ellipse

होमियो सेवामा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७४, मंगलवार १६:३०
3
Shares
विराटनगर, २७ चैत / विश्व होमियोपैथिक दिवश तथा डा. सेमुअल हेनीमेनको २ सय ६३ औं जन्म जयन्तीको अवसरमा आज विराटनगरमा होमियो सेवामा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

नेपाल होमियोपैथिक चिकित्सक संघको आयोजनामा भएको कार्यक्रममा होमियोपैथिक क्षेत्रको विकास र विस्तारमा सहयोग पु¥याउने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, नेपाल महेश्वरी समाजका अध्यक्ष जुगलकिशोर राठी र होमियो पुस्तक लेखक योगेन्द्र दाहाललाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल होमियोपैथिक चिकित्सक संघका अध्यक्ष डाक्टर रविन्द्र रायले होमियोपैथिक स्वतन्त्र काउन्सील गठनको माग गरेका छन् । यस्तै केन्द्रीय स्तर, प्रदेश स्तर र जिल्ला स्तरीय होमियो अस्पताल स्थापनमा गर्नु पर्नेमा उनले जोड दिए ।

राष्ट्रिय स्वास्थ्य नीतिमा अन्य चिकित्सा पद्धति सरह होमियोपैथिक चिकित्सा पद्धतिलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । सरकारले होमियोपैथिक चिकित्सा पद्धतिमा ध्यान नदिएको उनको गुनासो थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले होमियोपैथिक अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा नेपाल होमियोपैथिक चिकित्सक संघका महासचिव डा.रवि राँय, कोषाध्यक्ष डा.सौरभ झा र मोरङ व्यापार सँघका अध्यक्ष पवन सारडालगायतले होमियोपैथिक औषधिले स्वास्थ्यमा पु¥याएको सकारात्मक पक्षको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर