MERRYLAND
KANTIPUR COLLEGE

युवाकवि ढकालसहित चारजना सम्मानित

खबर पूर्वाञ्चल, ३१ असार २०७९, शुक्रबार १९:१८
63
Shares

विराटनगर / चारु साहित्य प्रतिष्ठानले विराटनगरका युवाकवि प्रमोद ढकालसहित चारजना साहित्यकारलाई सम्मान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा युवाकवि ढकालसहित भारतीय साहित्यकार मिलनसिंह मधुर र डा. विजय पण्डित ‘चारु पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी वरिष्ठ साहित्यकार घटश्याम न्यौपाने परिश्रमीलाई ‘बालकृष्ण पोखरेल सम्मान’ प्रदान गरिएको थियो ।

अग्र्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, भानु कला केन्द्रकी अध्यक्ष माया पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

परिश्रमीलाई भने भाषाशास्त्री बालकृष्ण पोखरेल समता वाङ्मय प्रतिष्ठानका तर्फबाट सम्मान प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष देवी पन्थीले जानकारी दिए । त्यसैगरी साहित्यकार पन्थीद्वारा लिखित ‘गजल सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु’ पुस्तकको समेत विमोचन गरिएको थियो । कार्यक्रममा भरत गुरागाईं, मिलनसिंह मधुर, मधु पोखरेल, भीमसेन लिम्बू, सरिता तुलाधरलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५