पूर्वाञ्चल खबर
उक्त पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र दुईपटक प्रधानमन्त्री बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जनअदालतमा हाजिर हुन उर्दी जारी गरिसकेको छ ।
सो पार्टीको स्रोतले जनअदालतमा झन्डै १० हजार मुद्दा दर्ता भएको दाबी गरेको छ ।
समाचारमा लेखिएको छ, उसको दाबीअनुसार वडाध्यक्षदेखि प्रहरी उच्च निकायका प्रमुखविरुद्ध देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् ।
ती मुद्दाहरु अधिकांश लेनदेन, सम्बन्धविच्छेद, अंशबण्डा, भ्रष्टाचारलगायत छन् ।
ओली र प्रचण्डलाई १५ दिने वारेन्ट
नेकपाले बहालवाला प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १५ दिनभित्र जनअदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।