पूर्वाञ्चल खबर
विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् । ट्राफिक चोकमा उनले ग्लोबल बैंकबाट पैसाँ झिकेपछि खुकुरी प्रहार हुँदा उनको हातमा चोट लागेको छ ।
घाइतेको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ । घाइते रायको जोगबनीमा किराना पसल छ । उनीमाथि हमला गर्ने साहलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका र घाइते हुने दुवै जना साथी हुन् । पुरानो रिसीबिलाई लिएर उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।