खबर पूर्वाञ्चल
समूह ’बी’ को खेलमा लगातार ३ खेलमा पराजित भएको नेपालले आज हङकङलाई पराजित गरेसँगै एकदिवसीय मान्यता पाउने आसा बढेको छ । नेपाल समूहमा चौथो भएको छ । हङकङ पराजित भएपछी अफगानिस्तान सुपर सिक्समा प्रवेश गरेको छ ।
जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा आज भएको खेलमा हङकङले दिएके १ सय ५४ रनको समानय लक्ष्य नेपालले ४० ओभर ४ बलमा ५ विकेट गुमाइ पार गरेको छ ।
नेपालका लागि छैटो नम्बरमा ब्याटिङ गर्न आएका राहित पौडेलले अविजित ४८ रनको पारी खेलेका थिए । उनले ८६ बलमा ५ चौका प्रहार गरे ।रोहितलाई साथ दिदै सातौ नम्बरमा ब्याटिङ गरेका सोमपाल कामीले गतिलो साथ दिएका थिए। कामीले ४० बलमा ५ चौका प्रहार गर्दै अविजित ३७ रन जोडे पछि नेपालको जित सहज भएको हो । एक समय २० ओभरमा ६६ रनमा ५ विकेट गुमाएर दयनिय स्थीतीमा रहेको समयमा राहित र सोमपालले १ सय २४ बलमा ८९ रनको अविजत साझेदारी गरेका थिए । त्यस्तै अनिल साहले २६ रन, ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह एरीले १२–१२ रन, कप्तान पारस खड्काले ११ रन जोडेका थिए । हङकङका अल्जाज खान र ऐहसान खानले २–२ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेका हङकङले ४८ दशमलव २ बलमा १ सय ५४ रनमा सवै विकेट गुमायो । हङकङका लागि नीजाकत खानले ४७ रन बनाउँदा बाबर हायतले २० रन, एहसान खानले २५ रन, एहसान नवाजले १३ रन र तनवीर अफजालले १० रन जोडे ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट तथा करण केसी र बसन्त रेग्मिीले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललितलारायाण राजवंशीले १–१ विकेट लिए । सन्दिपले १० ओभर बलिङ गर्दै ४ मेडनसहित १७ रन दिएका थिए ।