AArya
RUMPUM
animated ellipse animated ellipse

संसद् पुनःस्थापना नभएसम्म आन्दोलन जारी : मोदी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७७, शनिबार १९:०१
405
Shares
विराटनगर/ प्रतिनिधी सभाका सांसद अमनलाल मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विषय अवैधानिक भएकोले पुनःस्थापनाको माग गरे ।

मोरङको ग्रामथानमा आज भएको एक कार्यक्रममा बोल्दै सांसद मोदीले संसद् विघटन अवैधानिक भएको भन्दै तत्काल पुनःस्थापना गर्न माग गरेका हुन् ।

‘संसदको जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसदको पुनःस्थापना गर्नुपर्छ,’ उनले भने, ‘संसद पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहनेछ ।’ उनले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद विघटनलाई समर्थन गर्यो भनेपनि आफूहरुले संघर्षलाई जारी राख्ने बताए । उनले भने, ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो संघर्ष रोकिन्न् । हामीले फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो संघर्ष बढ्दै जान्छ ।’

मोदीले राष्ट्रपतिले समेत संविधानको संरक्षण गर्न नसकेको टिप्पणी गरे । उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताए । ओलीले गरेको असंवैधानिक प्रतिनिधी सभा विघटन गरेर गैरराजनैतिक चरित्र देखाएको मोदीको भनाई छ । राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको उनले बताए । असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सबै लागेर दबाव सृजना गरेर सच्याउनका निम्ति बाध्य पार्न हरसम्भव प्रयास गरिनुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर