खबर पूर्वाञ्चल
किरात याक्थुम चुम्लुङका केन्द्रीय सदस्य खिनमाया लिम्बूले क्यान्सर पीडित लिम्बुलाई सो रकम हस्तान्तण गरेकी थिइन ।
किरात याक्थुम चुम्लुङ इजरायलकी सचिव नुमा काङ्बा बोखिम (भारती)को संयोजनमा सो रकम नेपाल पठाइएको थियो । पथरीशनिश्चरेकी पार्वता लिम्बूको संयोजनमा उक्त रकम विरामीले पाएकी हुन् ।
विरामी लिम्बुको भरतपुरको क्यान्सर अस्पतालमा उपचारको लागि ५ लाख बढी खर्च भइसकेको छ । लिम्बुको आर्थिक अवस्था कमजोर रहेको हुनाले विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आइरहेको छ । ५ सन्तानकी आमा संगिता विगत एक वर्ष देखि ब्रेस क्यान्सर पीडित रहेको र आर्थिक सहयोग जुटाउन सके बाँच्न सक्ने अवस्था रहेको डाक्टरहरुको बताएको उनले बताइन् ।
तपाईको प्रतिक्रिया