खबर पूर्वाञ्चल
कार्यव्यवस्था परामर्श समितिमा सभामुख प्रदिप भण्डारीको अध्यक्षतामा ८ सदस्यीय र प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीको अध्यक्षतामा ११ सदस्यीय प्रदेशसभा नियमावली २०७४ मस्यौदा समिति गठन भएको हो ।
प्रदेशसभाका सभामुख भण्डारीले पेश गरेको प्रस्तावलाई प्रदेशसभा सदस्य ज्योती सुब्बाले समर्थन गरेका थिए ।
प्रदेशसभामा पहिलो सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संविधानले तोके भन्दा सानो आकारको मन्त्री मण्डल विस्तार गरिने बताएका छन् ।उनले बैठकलाई सम्बोधन गर्दै मितव्ययी बन्ने कुरामा सरकार दृढ रहेको बताए ।
भौतिक पूर्वाधारमा देखिएको समस्या, आर्थिक स्रोत अभावको समस्या र कर्मचारी अभावको समस्यालाई धान्ने किसिमको मन्त्रीमण्डल गठन गर्ने बताए ।
मुख्यमन्त्री राईले भ्रष्टचार, दण्डहिनता र अपराधलाई प्रदेश सरकारले निस्तेज गर्ने लक्ष्य राखेको बताए । सरकारको ध्यान कानुन निर्माणमा रहेको बताउदै उनले संसदले चाडै काम पाउनेमा विश्वास्त रहेको बताए ।
मुख्यमन्त्री राईले कर्मचारी सुद्धिकरण गरेर जनताले लिने सेवाको अनुभुती गराउनुपर्ने आवश्यकता देखिएको बताए । उनले कामप्रति बफादार नहुने, लोभ, लालच, ठग्ने र काममा ढिलासुस्ती गर्ने राष्ट्रसेवकको मनोवृत्ति त्यागिनु पर्ने भन्दै जनताको भावनाको कदर हुने गरी काम गर्नुपर्ने बताए ।