animated ellipse animated ellipse

गणतन्त्र कार्यान्वयनमा हामीसबै लाग्नु पर्छ–मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ जेष्ठ २०७९, शनिबार १९:२४
162
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको वलिदान एव दुःखकष्टबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामीसबै लाग्नु पर्ने बताएका छन् ।
उनले १५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा आज पूर्वाञ्चाल बालसेवा आश्रम विराटनगर–१३ मा फलफूल बितरण गर्दै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि वढ्दै गैरहेको जसको फलस्वरुप नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तरमा वृद्धि भैरहेको बताए । उनले राज्यको कुनै लगानी नभएको आश्रममा जनसहयोगबाट सञ्चालनले मुलुकलाई आगाडि वढ्न मार्गदर्शन कायम हुने बताए ।

मुख्यमन्त्री राईले आश्रममा दुःख पाएका जेष्ठ नागरिक र बालवालिकाहरुको सेवा गर्नु अहिले अवस्थामा त्यो साक्षात भगवान सरह हुने बताए । उनले आश्रमलाई आवश्यक पर्ने सहयोग र सवारी साधनको व्यवस्था आगामी बजेटबाट सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।

मुख्यमन्त्री राईले मुलुक गरिव रहेको र विकास निर्माण कार्य वैदशिक सहयोग र राजश्ववाट सञ्चालन हुने भएको चर्चा गर्दै विकासको गति क्रमशः हुदै जाने र जनताको चाहना पुरा गर्दै जाने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर