AArya
RUMPUM
animated ellipse animated ellipse

आयोजनाको नाममा अर्बौं गोलमाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७४, सोमबार ०६:५८
3
Shares
काठमाडौं, फागुन /विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन।

स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ।

स्पष्टीकरणका लागि अर्थसचिवलाई उपस्थित हुन निर्देशन दिए पनि सचिव भने आयोगमा उपस्थित भएका छैनन्। तर, अर्थले हिसाब त परै जाओस् पत्रको कुनै जवाफसमेत दिएको छैन।

वैदेशिक सहायता विवरणअनुसार डेनमार्कले आर्थिक वर्ष ०७२/७३ मा २० करोड डेनिस क्रोनर आयोगका नाममा अर्थ मन्त्रालयले प्राप्त गरेको छ। यो रकम प्रचलित नेपाली रुपैयाँअनुसार तीन अर्ब ४० करोड ३० लाख हुन आउँछ। यस्तै, आर्थिक वर्ष ०७३/७४ मा ३० लाख डेनिस क्रोनर आएको छ। यो रकम पाँच करोड १० लाख रुपैयाँ हुन्छ। यसैगरी, आर्थिक वर्ष ०७४/७५ मा डेनमार्कमार्फत अमेरिकी डलर २९ हजार सात सय १६ (करिब साढे ३० लाख रुपैयाँ) प्राप्त भएको छ।

शान्ति निर्माण र प्रजातन्त्रको विकास, स्थानीय सुशासन, न्यायमा पहुँच र महिला अधिकारको नाममा वैदेशिक रकम भित्रिएको छ।

अर्थ मन्त्रालयले द्विपक्षीय एवं बहुपक्षीय वैदेशिक स्रोत तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत रकम प्राप्त गरेको छ तर आयोगको नाम भजाएर प्राप्त यो रकमबारे आयोग पदाधिकारीलाई कुनै सूचनासमेत दिइएको छैन। ‘खर्च गरिएको शीर्षकमा पनि कार्यक्रम भएको हामीलाई जानकारी छैन’, आयोग अधिकारीले भने।

सन् २०१४ देखि १८ सम्म लगातार रकम प्राप्त भएको छ। आयोगलाई प्राप्त उक्त रकम सरकारका उच्च अधिकारीको विदेश भ्रमण र फजुल काममा खर्च भएको आशंका आयोग अधिकारीको छ।

आयोगका नाममा विदेशी दातृ निकायले सहयोग गरे पनि अर्थले एक रुपैयाँ हिसाब नदेखिएपछि आयोग अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीले माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षणसमेत गराए। यो खबर अन्नपूर्णमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर