animated ellipse animated ellipse

बोल्न सिक्दै बालवालिका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०८०, मंगलवार १८:०५
171
Shares
विराटनगर / झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अष्पस्ट थियो ।

दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पिच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएकी छिन् ।

छोरी प्रष्टसँग बोल्न सक्ने भएपछि ममताको परिवारमा पनि खुसी छाएको छ । ‘छोरीको बोली यति चाँडै प्रष्टसँग बोल्न सक्छिन भनेर कल्पना पनि गरेको थिइन् । नियमित तालिम लिएपछि अहिले छोरी प्रष्टसँग बोल्न सक्ने भएकी छिन्,’ ममताका बावु सुर्य ढुङ्गनाले भने ।

यसरी स्पिच थेरापिस्टबाट नियमित तालिम पछि प्रष्टसँग बोल्ने ममता मात्र होइन् । पछिल्लो एक वर्षमा फेक्ट नेपालले काठमाण्डौंबाट स्पिच थेरापिस्ट लिएर दिएको नियमित तालिमबाट आर्थिक वर्ष २०७९÷०८० मा २४२ जना तालिम लिएका मध्ये ५८ जनाले प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएको फेक्ट नेपाल, रिसप कार्यक्रमको प्रमुख फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले जानकारी दिए । फेक्ट नेपालले मुखभित्र तालु चिरिएको कारणले अष्पस्ट बोल्ने बालवाकिलाहरुलाई निःशुल्क शल्यक्रिया गरेपछि बोली शुद्ध बनाउन तालिम दिने गरेको छ । उक्त तालिम निःशुल्क विराटनगरमा हुने गरेको छ । चालु आर्थिक वर्षको कार्तिक २० गते समापन भएको एक हप्ताको तालिममा ५४ जना बालवालिकाहरुको सहभागि भएको थियो ।

विराटनगरस्थित हाम्रो अस्पतालमा पनि निःशुल्क यो तालिम हुने गरेको स्पिच थेरापिष्ट शिवकुमारी राईले जानकारी दिइन् । तालिममा बालवालिका तथा उनीहरुका अभिभावकहरुलाई खाने बस्नेको पनि व्यवस्था गर्दछ ।

फेक्ट नेपालका स्पिच थेरापिस्ट शिव कुमारी राइका अनुसार अभिभावकलाई समेत तालिम दिएर घरमा समेत बोलि सिकाउनका लागि प्रोत्साहित गरिने गरेको बताइन् । शिविरमा आएका बालवालिकाहरुलाई कीर्तिपुर अस्पताल बाट आएका प्रोफेसर डाक्टर शकरमान राई, शिवकुमारी राई, हिमाल सरि राइ, निलम श्रेष्ठ, जानुका तामाङ, लिला राना, रेनुका श्रेष्ठ, नैना महतो, अस्मिता चौधरी, जीवन कुमार यादब, विशाल तामाङ, डाक्टर चाँदनी यादव लगायतको टिमले सेवा दिने गरेका छन् ।

बिगत २२ बर्ष देखि ओठ तथा तालु (मुख भित्र जिब्रो भन्दा माथी) चिरिएका मानिसहरुको अप्रेशन पश्चात् बोली राम्रो बनाउनका लागि तालिम दिने गरिएको छ । यो तालिम हरेक ३ महिनामा हप्ता दिन सम्म शिविर संचालन हुने गरेको फेक्ट नेपाल, रिसप कार्यक्रमकी नर्स हिमाल सरि राइले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर