विराटनगर । १ नम्बर प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले आज बुधबार प्रदेश मुख्यमन्त्री नियुक्ति गर्दैछन । उनले बामगठबन्धनका तर्फबाट एमाले संसदीय दलका नेता शेरधन राइलाइ मुख्यमन्त्रीमा नियुक्त गर्ने छन । प्रदेशमा एकल बहुमत रहेको एमाले र माओवादीले राइलाइ मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखलाइ पत्र दिएका थिए । गत शुक्रबार भएको एमाले संसदीय दलको निर्वाचनमा दलको नेतामा शेरधनर राइ निर्वाचित भएका हुन। प्रदेशसभाका ९३ सदस्य मध्ये एमालेको ५१ र माओवादीका १६ जना सांसद छन ।
मंगलबार शिवरात्री पर्वको सार्वजनिक विदा परेका कारण बुधबार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शेरधन राइलाइ नियुक्त गरेको चिठी प्रदेश संसद सचिवालयमा पठाउने तयारी भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि बिहिबार उनको सपथ ग्रहण हुने बताइएको छ ।
संसदको कार्यसुची अनुसार बिहिबार नै उपसभामुखको निर्वाचन हुने छ । संभवत उपसभामुखको निर्वाचन पछि मुख्यमन्त्रीसहित केहि मन्त्रीहरुको सपथ ग्रहण एकैसाथ गर्ने तयारी रहेको स्रोतले बताएको छ । प्रदेशसभा भवन सागुरो भएका कारण विरेन्द्र सभागृहमा सपथग्रहण गराउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।
उद्घोष दैनिकमा खबर छ ।