AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा तीन दिने स्पोर्ट्स मिट सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ माघ २०७४, बिहीबार १६:२५
3
Shares
विराटनगर/ विराटनगरमा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलमा ‘तीन दिने ग्रेडेड स्पोटर््स मिट’ सुरु भएको छ । स्कूलले आज एक कार्यक्रम आयोजना गरी स्पोर्ट्स मिट सुरु गरेको हो ।

तीनदिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा एक दर्जनबढी विभिन्न खेलहरु रहेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । उक्त स्पोर्ट्स मिटमा १ सय मिटर दौड, ज्याभ्लिङ थ्रो, म्यूजिकल चियर, सटपुट, लङजम्प, रिले रेस, कबडी, भलिबल, टेवलटेनिसलगायतको खेलहरु समावेश गरिएको स्कूलका प्रिन्सिपल सुवालले बताए ।

विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको प्रिन्सिपल सुवालको भनाई छ । उनले भने, ‘यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’

स्पोर्ट्स मिटमा कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएको स्कूलले जनाएको छ । स्कूललमा अध्ययरत विद्यार्थीहरुले विभिन्न कलाहरु समेत प्रदर्शन गरेका थिए ।

स्पोर्ट्स मिटको पहिलो दिन टेबलटेनिस र भलिबल खेलहरु सम्पन्न भएको छ । भलिबलमा रेड हाउस प्रथम भएको छ । उक्त हाउसमा निरन्जन अधिकारी, विनय मण्डल, नासिर हुसेन, सक्षम खड्का, आयूष मण्डल र राहुल मण्डलको टिम रहेको थियो । त्यस्तै टेबल टेनिसको सिनयरतर्फ विवेककुमार साह प्रथम भए भने द्धितीय र तृतिय क्रमशः मनिष मण्डल, धननजय राम भए । जुनियरतर्फ सविन हेम्ब्रन प्रथम, बिकल्प खतिवडा द्धितीय र सिभम सोहनी तृतीय घोषित भए । स्पोर्ट्स मिट सुरु हुनुभन्दा अगाडी विद्यार्थीहरुले ¥याली समेत निकालेका थिए ।

विजयी हुने विद्यार्थीहरुलाई स्कूलले मेटल तथा प्रमाणपत्र वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर