खबर पूर्वाञ्चल
नेकां मोरङ क्षेत्र नं ६ द्वारा आज विराटनगरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै उनले सो कुरा बताएका हुन् । डा. कोइरालाले नेकांले एक्लै सरकार निर्माण गर्न नसक्ने हुनाले गठबन्धन जरुरी र आवश्यक भएको स्पष्ट समेत पारे ।
नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा कम्तिमा एक सय सिटमा गठबन्धन दलहरुसँग सहमती गर्नु पर्ने बताउंदै जित्ने एक सय सिट गठबन्धनहरुसँग माग गर्नुपर्ने बताए । उनले नेकाले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद र प्रदेश सभामा विजयी भएका स्थान राख्नु पर्नेमा जोड दिदै ७७ जिल्लामा सङ्घीय संसद वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको बताए ।
नेता डा. कोइरालाले ‘सुशासन र पारदर्शीता पार्टी र सरकारमा हुनुपर्छ’ भन्दै जनताप्रति उत्तरदायी भएर उनीहरुको कार्य छिटो छिटो गर्न आग्रह समेत गरे । उन्ले जनतासंग जोडिने कार्य टोल समितिले गर्नुपर्ने आवश्यक्त्तता औल्याउँदै जनताले आगामी निर्वाचनबाट मुलुकबाट दण्डहिनताको अन्त्य चाहेको बताए ।