RUMPUM
animated ellipse animated ellipse

एक्सपर्टको शाखा कार्यालय विराटनगरमा खुल्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ माघ २०७४, बिहीबार १९:३८
3
Shares
विराटनगर, ११ माघ ÷ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको आयोजनामा विराटनगरको नमस्कार होटलमा आइतबार एक दिने शैक्षिक मेला हुने भएको छ ।

एक्सपर्टले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी शैक्षिक मेला हुने जानकारी दिएको हो ।

मेलामा अस्टेलियाको चर्चित यूनिर्भसिटीको बारेमा बुझनको लागि स्टलहरु रहनेछ । प्रवेश निःशुल्क राखिएको शैक्षिक मेलामा विद्यार्थीहरुले आफू अध्ययन गर्ने यूनिर्भसिटीको बारेमा बुझन सक्नेछन् । शैक्षिक मेलामा विराटनगरका उच्च माविका अध्ययरत विद्यार्थीको सहभागि जनाउँछन् ।

एक्सपर्टको विराटनगरमा पनि शाखा खोल्दै

देशको १४ वटा शहरहरुमा एक्सपर्ट एजुकेशनको एण्ड भिसा सर्भिसको शाखा कार्यालय रहेको उक्त सर्भिस आइतबारदेखि विराटनगरमा पनि सञ्चभालनमा आउँनेछ । सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले उक्त एक्सपर्ट एजुकेशन खोलिएको सर्भिसका प्रवन्ध निर्देशक कमल तिम्सीनाले जानकारी दिए । एक्सपर्टबाट विगत १० वर्षको अवधिमा करीव २० हजार नेपाली विद्यार्थीहरुलाई उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि अष्ट्रेलियाका सेवा उपलव्ध गराएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अष्ट्रेलियाका विभिन्न चार वटा विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले सहज रुपमा भीषा उपलव्ध प्रक्रिया संचालन गरी स्नात्तक तह देखि माथिल्लो तहका उच्च शिक्षा अध्ययन गर्न प्रत्येक महिला १ हजार पाँच सयदेखि दुई हजार विद्यार्थीहरु जाने गरको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रका विराटनगर प्रमुख अनुभव दाहालले केन्द्रका दक्ष जनशक्तिवाट प्रशिक्षित भई विद्यार्थीहरु विश्वविद्यालयवाट छात्रवृत्ति प्राप्त तथा कम खर्चमा अध्ययनका लागि जाने जानकारी दिए ।

केन्द्रले नेपालका विभिन्न शहरमा ११ शाखा कार्यालयमार्फत विद्यार्थीहरु न्यूनतम १० लाख देखि १८ लाखसम्ममा अष्ट्रेलिया अध्ययनका लागि जाने गरेको दाहालले वताए ।

केन्द्रले यही माघ १४ गते एक दिने वृहत अष्ट्रेलिया अध्ययन भेला यहाँ गर्ने भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 comment

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

फोटो फिचर