पूर्वाञ्चल खबर
आयोजकले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको छ । माघ २७ देखि फागुन ७ गतेसम्म संचालन हुने प्रतियोगीतामा नगरका १० टिम सहभागी हुने आयोजकले जनाएको छ । नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फुटन तथा खेलको माध्यमबाट स्वास्थ र अनुसासीत गराउने उदेश्यले खेलको आयोजना हुन लागेको खेल संयोजक बिकी राईले जानकारी दिए ।
पञ्चायत मा. बि. को खेल मैदानमा हुने खेलको विजेताले नगद ४० हजार र उपविजेताले नगद २० हजार, मेडल ट्रफि र प्रमाणपत्र प्राप्त पाउँने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच, खेल अवधिमा उत्कृष्ट गोत कर्ता, उत्कृष्ट किपर, सर्वाेकृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्टाईकर र उदयमान खेलाडीलाईसमेत पुरस्कृत गरिने कोषाध्यक्ष लक्ष्मी राईले जानकारी दिए ।
क्लबले खेलकुदको बाहेक बिभिन्न समयमा अन्य गतिबिधी गर्दै आएको छ । पथरीशनिश्चरेको पञ्चायत मा. बि. मा अध्यानरत अपाङगता भएका बिध्याथीहरुका लागि १५ हजार बराबरको २६ जना बिद्यार्थीलाई आवश्यक सामाग्री तथा सामाजिक मा बि का बिद्याथीहरुलाई ७७ थान स्विटर बस्नलाई म्याट बितरण र गरेका क्लबले जनाएको छ । प्रतियोगितामा ३ लाख ३६ हजार खर्च लाग्ने अनुमान गरिएको छ भने बैदेशीक रोजगारमा गएका खेल प्रेमि, स्थानीय र नगरपालिकाको सहयोग रहने आयोजकले अपेक्षा राखेको छ ।