animated ellipse animated ellipse

मोरङको हुलाकी सडक निर्माण कार्य अविलम्व निर्माण शुरु गर्न निर्देशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०८०, मंगलवार ०६:१०
414
Shares
विराटनगर / राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डमा रोकिएको निर्माण कार्य पुनः वैशाख २८ गतेदेखि शुरु गर्ने ठकेदारहरुले सोमबार विराटनगरमा प्रतिवद्धता व्यक्त्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर क्षेत्रमा गुणस्तरीय निर्माण गरि पुनः जेठ ७ गते समीक्षा बैठक गर्ने सहमती भएको छ ।

मोरङको बेतौनादेखि नयाँ वजार छाला कारखानासम्मको १२ किलोमिटर सडक द्रुत रुपमा निर्माण शुरु गर्ने गजुरमुखी कन्सट्रक्शनका प्रमुख सन्तोष गौतमले बताए । यस्तै छाला कारखानादेखि विराटनगरको सिंगिया खोलासम्म छ किलोमिटर निर्माणमा अव कुनै विलम्व हुने नदिने श्रेष्ठ कन्ट्रक्शनका शुभाष श्रेष्ठले जानकारी दिए ।

यस्तै पूर्वपश्चिम राजमार्गको पथरीदेखि रंगेलीको भारतीय सीमासम्मका ३० किलोमिटर लिङ्क सडकमा निर्माण कुनै किसिमको ढिलाई नगर्ने कान्छाराम कन्ट्रक्शनका प्रतिनिधि दिपक थिङ्गले बताए ।

हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले निर्माण कम्पनीहरुले कामको विल पेश गरेकाको आधारमा रकम भुक्तानीको कुनै समस्या नरहेको जानकारी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले हुलाकी सडक निर्माण रोकिएका कारण जनताले धेरै दुःख एवं सास्ती भोग्नु परेकोले अविलम्व निर्माण शुरु गर्न निर्देशन दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललले निर्माणको गुणस्तरीय मूल्याङकन समीक्षा बैठकमा गरिन भएकाले सोही अनुसार कार्य गर्न ठेकेदारहरुलाई निर्देशन दिए ।

कार्यक्रममा रंगेली , रतुवामाई नगरपालिका, कानेपोखरी, सुनिवर्षी ,कटहरी, धनपालथान प्रमुखहरु क्रमशःदिलिपकुमार अग्रवाल,नागेश्वर प्रसाद सिंह,राजमती इङ्गनाम,श्यामप्रसाद राजवंशी,देवराज चौधरी,जिवछप्रसाद गच्छदारले तोकिएको समयमा निर्माण कार्य शुरु गर्न आग्रह गर्दै नभए जनताको साथमा आन्दोलन गर्ने चेतावनी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर