खबर पूर्वाञ्चल
आज विराटनगरमा कोशी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्य सचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे ।
मुलुक संघीय ब्यवस्था गएपनि खेलकुदका लागि प्रदेशलाई आवश्यक बजेटसमेत उपलब्ध गराउन नसकेको सदस्य सचिव वाग्लेले जानकारी दिए । उनले भने, ‘खेलकुदलाई सक्रिय बनाउँदै, खेलाडी उत्पादन र राष्ट्र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन आवश्यक बजेटको माग प्रधानमन्त्रीसमक्ष समेत गरेका थियौं । खेलकुदलाई पुराना अवस्थाबाट बाहिर निकाल्दै विकासित गर्न पहल गरिदिन माग गरेका थियौं । तर सोचे जस्तो हुन सकेन । हामीलाई सरकारले राखेको बजेटका १ प्रतिशत रकम मात्र निकासा गरिदिए हुने थियो । तर, त्यो समेत हुन सकेको छैन ।’
सीमित बजेट दिएर खेलकुदको विकास र खेलाडी उत्पादन गर्न निकै गाह्रो हुने गरेको बताएका सदस्य सचिव वाग्लेले खेललाई चलायमान बनाउन सबैले सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे । यदपी उनले आउँदो मंसिर र पुषभित्र प्रदेशमा राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए ।
कार्यक्रममा बास्केटबलका केन्द्रीय अध्यक्ष भीमसिंह गुरुङले सात प्रदेशमध्ये कोशी प्रदेशबाट प्रदेशस्तरीय संघ गठनको सुरुआत भएको जानकारी दिए । केन्द्रीय महाधिवेशनको तयारीका क्रममा संघ रहेको बताएका अध्यक्ष गुरुङले प्रदेशमा संघ गठन गर्ने कोशी पहिलो भएको उल्लेख गरे ।
उनले विराटनगरका मनिष गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको बताए । कार्य समितिमा उपाध्यक्ष दिव्यराज गुरुङ, रोशन राई, सचिवमा सरोज लम्साल, कोषाध्यक्षमा प्रविन राउत रहेका केन्द्रीय अध्यक्ष गुरुङको भनाई छ ।
तपाईको प्रतिक्रिया