पूर्वाञ्चल खबर
आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् ।
आज सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा सन्दीप पनि २७६ नम्बरमा परेका छन् । सूचीमा ३ सय ६० जना भारतीय खेलाडीसहित ५७८ खेलाडीको सूची सार्वजनिक गरेको छ । एशोसिएट देशबाट परेका उनको न्यूनमत मूल्य २० लाख भारु तोकिएको छ ।
आइपिएल अक्सनको सूचीमा परेका खेलाडीहरुको अक्सन आगामी जनवरी २७ र २८ मा बैंगलुरुमा हुनेछ ।
अक्सनमा परेका सबै खेलाडीलाई विक्री हुन्छन् भन्ने छैन । यसअघि शक्ति गौचनले आईपीएल टिम राजस्थान रोयल्सका लागि ट्रायल दिएका थिए । आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ । जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन् ।