AArya
RUMPUM
animated ellipse animated ellipse

एसबीएससी सिंगीङ स्टारको उपाधि मदरल्याण्डका सुमितलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७४, शुक्रबार १७:२६
3
Shares
विराटनगर, ५ माघ / चौथो संस्करणको एसबीएससी सिंगीङ स्टारको उपाधि विराटनगर – ५ का सुमितकुमार दासले जितेका छन् । मदरल्याण्ड एकाडेमीमा कक्षा सातमा अध्ययरत सुमितले ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको आयोजनामा विराटनगरमा आज भएको ग्रेन्ड फिनालेमा उपाधिसँगै सुमितले नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गरे ।

प्रतियोगिताको फस्ट रनरअप रतुवामाइ नगरपालिका –६ सिजुवाका सचिन थोप्रा घोषित भए । उनले नगद १५ हजार रुपैयाँ र ट्रफि प्राप्त गरे ।प्रतियोगिताको सेकेन्ड रनरअप दुई जना घोषित भए । दुई जना प्रतियोगिले बरावर अंक ल्याएपछि निर्णायक मण्डलीले विराटनगरका उदित गुप्ता र सुन्दर हरैचा नगरपालिका १० का स्वरुप खतिवडालाई सेकेण्ड रनरअप घोषणा गरेका हुन् ।

विभिन्न चरण पार गर्दै जिल्लाभरीको प्रतियोगिताको फाइलनमा १० जना पुगेका थिए । फाइलन प्रतियोगिताको मुख्य निर्णायकमा बरिष्ठ संगीतकार बसन्त सापकोटा रहेका थिए । त्यस्तै अन्य निर्णायकहरुमा गायक ज्योती सुब्बा रहेका थिए । सोही अवसर संगीत क्षेत्रमा उत्कृष्ट योगन पु¥याएको भन्दै सहकारीले गायक साजन राईलाई नगद ५ हजार रुपैयाँ सहित कदर पत्रले सहकारीका अध्यक्ष विष्णु डंगोलले सम्मान गरे ।

प्रतियोगिताको बिजेताहरुलाई विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीे, प्याब्सनका केन्द्रीय सल्लाकार टिकाराम पुरी, प्याब्सन १ नम्बर प्रदेशका सचिब टिकाराम ढकाल, प्याब्सन मोरङका उपाध्यक्ष अर्जुन बस्नेत, सीतला सुब्बा, कोषाध्यक्ष तथा सहकारीका प्रमुख सल्लाकार ईन्द्र राई, सहकारीका अध्यक्ष डंगोल, कोषाध्यक्ष जयन्ती प्रधानलगायले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर