स्वतन्त्र पत्रकार मोरङमा पराजुली

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०७९, बिहीबार २०:३०
972
Shares

विराटनगर / स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ ।

पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्डारीको उपस्थितिमा भएको भेलामा संघका केन्द्रीय सदस्यद्वय महानन्द सापकोटा, महाप्रसाद खतिवडा, मोरङ शाखाका संस्थापक सदस्य उद्धव घिमिरे, प्रदेश नम्वर १ का संयोजक एवं मोरङ अध्यक्ष विजय खतिवडालगायतको उपस्थिति थियो ।

संघको केन्द्रीय अधिवेशन यही जेठको २१ र २२ गते दुई दिन नवलपरासीको मौलाकालीमा हुने भएकोले प्रतिनिधिहरुसमेत छनोट गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५