AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चालनको बाहानामा जुट मिल सक्ने खेल भयो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७४, मंगलवार १८:३५
3
Shares
विराटनगर, २५ पुस/ नेपालको एतिहासिक विराटनगर जुटमिल सञ्चालनको बाहानामा सक्ने खेल भएको भन्दै स्थानीयले आपत्ती जनाएका छन् ।

राज्यको सम्पती जुटमिल सञ्चालनको बाहानामा बेचेर खाने खेल भएको भन्दै जुटमिल बचाउ अभियान समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी विरोध जनाएको छ ।

मिल सञ्चालनको बाहानामा भित्रका पाठपूर्जा बिक्री गर्ने सडयन्त्र भएको समितिका अध्यक्ष धर्मानन्द सञ्जेलले आरोप लगाए ।

मिल सञ्चालनको नाममा राज्यको सेयर घटाएर बिस्तारै एतिहासि सम्पती हडप्ने काम भएको उनको गुनासो छ । ‘ पाँच अर्ब बरावरको राज्यको सम्पती डुवाउने खेल भयो ।’ उनले भने ‘ मिल डुवाउनकैलागि ६८ प्रतिशत सरकारी सेयरलाई घटाएर ३३ प्रतिशतमा झारियो ।’

उनले गैर कानुनी रुपमा विक्री गरिएको सरकारी सेयर स्वामित्व फिर्ता गर्न पनि माग गरेका छन् । राज्यको ६८ प्रतिशत सेयर कायम गरिनु पर्ने बताउँदै उनले मिललाई दिर्घकालिन योजनाकासाथ चलाउन आग्रह गरेका छन् । ‘अहिले राज्यको सेयर कब्जा गर्न चलाएजस्तो मात्र गरिदैछ ।’ उनले भने ‘ चलअचल सम्पती संरक्षण र दिर्घकालिन रुपमा उद्योग सञ्चालन होस ।’ जुट मिल बचाउ अभियान समितिले मिलको अनियमितता छानविनगरी दोषीलाई कारवाही गर्न पनि माग गरेको छ ।

उद्योग मन्त्रालयले मिलमा सरकारको ६८ प्रतिशत सेयर कायम गर्न पत्र काटेर निर्देशन दिएपनि व्यवस्थापन समितिले अटेर गरी सेयर आफुखुसी बिक्री गरेको थियो ।
भारतको औद्योगिक समूह विनसम इन्टरनेशनलले लिजमा लिएर चलाउँदै आएको उक्त उद्योग २०७१ असोज १८ गते देखि बन्द अवस्थामा थियो । मंसीर देखि मिल पुनः संचालनमा आएको छ । तर अहिलेसम्म मिलको उत्पादन भने बजारमा आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर