animated ellipse animated ellipse

एकल महिलाले पनि सहकारीको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु’ : मनकुमारी गुरुङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०७४, शुक्रबार १८:०१
3
Shares
रमाइलो बचत तथा ऋण सहकारी संस्था लि., कानेपोखरी–६ मोरङ दिनचर्या कसरी विताईरहनु भएको छ ?
वास्तवमा मेरा हरेक दिनहरु समाजसेवामा लगायत शिक्षा क्षेत्रमा, आउँदो पिंढीहरुको भविष्य उज्वल बनाउन कसरी सकिन्छ भन्ने कुरामा वितिरहेको हुन्छ ।

तपाई शिक्षा क्षेत्रमा आबद्ध व्यक्ति रमाइलो साकोसमा अध्यक्ष पदको लागि उम्मेदवारी दिनु भयो दुईवटै संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ?
वि.सं. २०४९ सालमा स्थापित रमाइलो साकोसमा २०६२ सालदेखि साधारण शेयर सदस्य र २०७१ देखि सञ्चालक समिति सदस्य रहीसकेकी छु । अब यस संस्थालाई सफल रुपमा हाक्न सक्छु भन्ने मलाई आत्म विश्वास छ साथै महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु । त्यसैले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुँ । म अध्यक्षमा विजयी भएपछि यस रमाइलो साकोसका सम्पूर्ण सदस्यहरुलाई सहकारीका काम, कर्तव्य र अधिकारका बारेमा ज्ञान दिंदै सम्पूर्ण अवसरहरु समानरुपमा प्रदान गर्नेछु ।

जित्नका लागि के के तयारी गर्नुभएको छ ?
यस चुनावी साधारणसभाबाट निर्वाचित हुनका लागि एकल महिलाले पनि अवसर र पद पाए केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उम्मेदवारी दिएको हुनाले म सबैसंग एकपटक मौका दिएर हेर्नुहोस भन्ने सन्देश शेयर सदस्यहरुलाई दिंदै छु ।

पार्टीगत सपोर्ट चाहीं कत्तिको छ तपाईलाई ?
एउटा सामाजिक संस्था चलाउन पार्टीगत गन्ध आउनु हुँदैन । यो संस्थामा नेतृत्व गर्ने व्यक्तिले निष्पक्ष काम गर्नु पर्ने हुन्छ । त्यसैले यसमा पार्टीगत परिचय लिएर आउने जो कोहीले पनि निष्पक्ष रुपमा सबैलाई समान व्यवहार गर्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन । होला, म कुनै पार्टीमा आश्था राख्छु तर मैले त्यही पार्टीको आडमा अध्यक्ष पदमा उम्मेदवारी दिएको होइन । म एउटा युवा वर्गको नेतृत्व गर्ने महिला त्यसमा पनि एकल महिला हो । मैले समग्र महिलाको प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेदवारी दिएको छु । यसमा मलाई मेरो पार्टीमा आश्था राख्ने मात्र नभई सम्पूर्ण शेयर सदस्यहरुले मतदान गरेर एउटा अवसर दिनुहुनेछ भन्ने आशा लिएको छु ।

अध्यक्षमा विजयी भएपछि के गर्नुहुन्छ ?
सहकारी संस्थाहरु अहिले नेपालमा धेरै छन् । धेरै मध्ये केही त राम्रो व्यवस्थापन हुन नसक्दा सहकारी नै समाप्त भएका उदाहरणहरु छन् । यो रमाइलो साकोस लामो समयदेखि सञ्चालन भएपनि अझ व्यवस्थित तरीकाले सञ्चालन नभएको मैले महसुस गरेको छु । म अध्यक्ष भएपछि यसलाई अझ सुदृढ ढंगले सञ्चालन गर्नेछु । अहिलेसम्म देखिएका कमिकमजोरीहरुलाई सच्याउँदै सबैलाई समान अवसर र सुविधाहरु प्रदान गर्दै अगाडि बढ्ने छु ।

तपाई पर्ल एकेडेमी इंग्लिस स्कुलको सञ्चालक हुनुहुन्छ, यी दुवै संस्थाको काम गर्दा समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हाल आएर मेरो विद्यालयमा मैले प्रिन्सिपलदेखि लिएर सबै कर्मचारीहरुले व्यवस्थापन गरेको हुँदा मलाई यस सहकारीको अध्यक्ष पदमा रहेर काम गर्न कुनै असजिलो हुने छैन । केही सहकारीहरुको उदाहरण हेर्ने हो भनें शिक्षण संगै सहकारीको अध्यक्ष पनि चलाइरहेको देखिन्छ । उहाँहरुले जसरी गर्नुभएको छ, म पनि उहाँहरुसंग र पूर्व सञ्चालकहरुसंग सल्लाह लिएर काम गर्नेछु । एक त मेरो इच्छा भएकोले पनि म समय व्यवस्थापन गर्न सक्छु भन्ने ममा विश्वास छ ।

सरकारले सहकारी एकीकरण गर्न दवाव दिइरहेको छ, उक्त अभियानलाई कसरी अगाडि बढाउनुहुन्छ ?
सहकारी नीतिनियमको पालना गरेर एकीकरण अभियान अगाडि बढाउन भरपुर सहयोग गर्नेछु ।

अन्त्यमा केही भन्नु छ की ?
मेरा भनाई राख्ने अवसर दिनुभएको तपाईलाई धेरैधेरै धन्यवाद दिन्छु र सम्पूर्ण सदस्यज्यूहरुले आफ्नो अमूल्य मत दिई सहयोग गरिदिन आग्रह गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर