AArya
RUMPUM
animated ellipse animated ellipse

फोर्ड इको स्पोर्टस एस यु भि मोटर सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७४, शुक्रबार ११:५५
3
Shares
विराटनगर,७ पुस । भुदेव ट्रेडिङ विराटनगरले अमेरिकी कम्पनी फोर्डको भारतमा निर्मित नयाँ फोर्ड इको स्पोर्टस (स्पोर्टस युटिलिटी भेकल,एस यु भि) गाडी आजदेखि यहाँ विकी वितरणका लागि सार्वजनिक गरेको छ ।

एक हजार ५ सय सिसिको इन्जिन, १२३ पावर रहेको,पावर स्टेरिङ , चार वटै पावर विण्डो रहेको उक्त अटोमेटिक गाडी डिजल र पेट्रोलमा समेत उपलव्ध रहेको छ ।

रु ३३ लाख ९० हजारदेखि ४९ लाख ९० हजारसम्म मूल्य पर्ने डिजलले २३ तथा पेट्रोलले १७ किलो मिटर प्रतिलिटर संचालन हुने जिओ अटोमोइल्सका वजार व्यवस्थापक विजय थापाले वताउनु भयो ।

सात विभिन्न रंगमा उपलव्ध हुने सो इको स्पोर्टसमा सुरक्षाका लागि दुई एयर व्याग समेत रहेको छ ।

अहिले नयाँ विक्री वितरण हुने उक्त एसयुभि गाडीमा ५० वटा नयाँ परिवर्तन गरिनुका साथै १६ वटा नयाँ फिर्चस थप गरिएको व्यवस्थापक थापाले जानकारी दिए ।

दुई वर्षको वारेण्टीका सहित १० हजार किलोमिटर अथवा एक वर्षमा मात्र उक्त एसयुभि गाडीको सर्भिसिङ्ग गर्नु पर्ने छ ।

नेपालका १२ मुख्य शहरवाट उक्त गाडि वार्षिक रुपमा १ हजार ५ सय विक्री वितरण हुने गरेको छ ।

गाडी खरीदका वैकवाट फाइनेन्सको सुविधा समेत रहेको सो अवसरमा वताइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर