खबर पूर्वाञ्चल
विजय प्राप्त गरेपछि संचारकर्मीसँग कुरा गर्दै पण्डितले आफ्नो जितमा सबै जनता खुशी भएको प्रतिक्रिया दिए । ‘म मात्र खुसी भएको छैन, मेरो जीतमा सबै जनता खुशी भएका छन्,’ पण्डितले भने, ‘जनताको शिर ठाढो पार्ने कामहरु गर्नेछु ।’
समृद्ध विराटनगर महानगरपालिका बनाउने र यस महानगरपालिकालाई १ नम्बर प्रदेशको राजधानी बनाउने देखि सुनसरी मोरङ सिचाइ योजनाको नहरलाई बाइपास रोडको रुपमा अगाडी बढाउने पण्डितले बताए ।
‘मलाई विश्वास गरि विजयी गराउनु हुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद व्यतm गर्दछु’, पण्डितले भने, ‘तपाईको शिर ठाडो पार्ने खालको नै काम गर्नेछु भन्ने विश्वास दिलाउनेछु ।’ पण्डितले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मत अन्तरले पराजित गरेका हुन् । पण्डितले ३३ हजार ९ सय ४१ र कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका थिए ।