पूर्वाञ्चल खबर
बोर्डले कास्य पदक विजेता टोलीकी सदस्य मेनुका राजवंशीलाई १ लाख र प्रशिक्षक पार्वती राईलाई २५ हजार नगदसहित सम्मान गर्ने भएको हो।
बोर्डका सदस्य सचिव विप्लव घोषले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको टोलीको सदस्य र प्रशिक्षकको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको बताउनु भयो। उहाँले कोशी प्रदेशका राजवंशी र राईले आफ्नो कौशलले समग्रमा राष्ट्र र कोशी प्रदेशको नाम उच्च बनाएकोले बोर्डको तर्फबाट नगदसहित सम्मान गर्ने जानकारी दिए।
सदस्य सचिव घोषले बोर्डले राष्ट्र र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने तयारी गरेको र सम्मान कार्यक्रमको मिति छिट्टै तोकिने समेत जानकारी गराए ।
जापानमा जारी २० औँ एसियाली खेलकुदमा भारतसँग सेमीफाइनलमा पराजित भएपछि नेपाली टोलीले कास्यमा चित्त बुझाउनु परेको थियो।